कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

जाजरकोट , १४ पुस । मंगलबार रातिदेखि हिमपात सहित परेको पानीका कारण कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ । कर्णालीका अन्य हिमाली जिल्ला मुगु र हुम्लामा पनि केही दिन पहिलेदेखि नै हिमापात भइरहेको छ ।हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ । बिहानैदेखि यी जिल्लाको चहलपहल ठप्प भएको त्यहाँस्थित प्रहरी कार्यालयले जनाएका छन् ।आकाशे पानीको भरमा खेती गर्ने किसानहरू भने पानी पर्दा खुशी भएका छन् तर हिमपातले जनजीवन भने प्रभावित भएको छ । वर्षाका कारण गहुँ र तरकारीलाई राहत भएको छ ।

उच्च भागमा भने लगातारको हिमपातका कारण जनजीवन कष्टकर भएको डोल्पा कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए । बिहानै घाँस संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायालाई खुवाउने आहारामै समस्या भएको छ ।चिसो अत्यधिक बढेको ठाउँमा विद्यालय खुल्न मुश्किल हुने पालिकास्तरीय शिक्षा इकाइले बताएका छन् । नियमित पानी परेका कारण यातायात सेवा समेत प्रभावित भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति