संयुक्त राष्ट्रसंघीय प्रमुखद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान


संयुक्त राष्ट्रसंघ,१३ पुस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन् । डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताएका छन् । कोभिड १९ ले संक्रामक रोगले संसारभरि कत्तिको चाँडो फैलाउन सक्छ, स्वास्थ्य प्रणालीलाई कसरी छेउमा धकेल्छ र सम्पूर्ण मानवताको दैनिक जीवनलाई प्रभावित पार्छ भन्ने देखाएको संयुक्त राष्ट्रसंघका प्रमुखले बताएका छन् । हालसालैका सार्स, एभियन इन्फ्लुएन्जा, जिका, इबोला र अन्य जस्ता स्वास्थ्यका आपतकालिन पाठहरु सिक्न नसकेको असफलता पनि प्रकट गरेको महासचिवले बताएका छन् । संक्रामक रोगहरु हरेक देशका लागि वर्तमान खतरा रहेको उल्लेख गर्दै गुटर्रेसले कोभिड–१९ मानवताका लागि अन्तिम महामारी नहुने बताएका छन् । विश्वले यस स्वास्थ्य संकटलाई प्रतिक्रिया दिँदा पनि, अर्कोको लागि तयारी गर्नुपर्ने आवश्यकता उनले औल्याएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board