बङ्गलादेश प्रहरीद्वारा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद


ढाका, १३ पुस । बङ्गलादेश प्रहरीले हबिगञ्ज जिल्लाको सातछारी राष्ट्रिय निकुञ्जबाट ठूलो मात्रामा सैन्य ग्रेड विष्फोटक र गोला बारुद बरामद गरेको छ ।ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार प्रहरीको काउन्टर टेररिज्म एन्ड ट्रान्सनेशनल क्राइम इकाईले उक्त विष्फोटक पदार्थ बरामद गरेको हो। विशेष अभियानको क्रममा लगभग १५ रकेट(प्रोपेल्ड ग्रेनेड आरपीजी, मेसिन गनका ५१० राउण्ड गोलाबारुद र २५ वटा बुस्टरहरू,आरपीजी लन्चरहरूमा प्रोपेलिंग चार्जको रूपमा प्रयोग हुने फेला परेका थिए। त्रिपुरासँगको सिमानाबाट करिब ३–४ किलोमिटर टाढा रहेको ठाउँमा गोलाबारुद फेला परेको हो ।ढाकाको जात्राबारी इलाकाबाट प्रहरीले आइतबार राति एक युवकलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। उक्त व्यक्ति खागराछरीको पाँचछरी इलाकाका अबेल त्रिपुरा अमित रहेका छन् । उनको बयानका आधारमा हामीले सातछरीमा ड्राइभ सञ्चालन गर्ने निर्णय गरेको इकाईका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी मोहम्मद असदुज्जमानले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति