साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा हुने

काठमाडौं, १३ पुस । दक्षिण एसियाका राष्ट्रहरु सहभागी हुने साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ ।बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्यालेन्ज कपको अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए)को सोमबार ढाकामा बसेको जेनरल एसेम्बीले अर्को वर्ष दक्षिण एसियाली स्तरको महिला भलिबल नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । नेपाल भलिबल संघले प्रतियोगिता नेपालमा आयोजना हुने निर्णय भएको जनाएको छ ।यसअघि सन् २०१४ मा नेपाल भलिबल संघको आयोजनामा प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल च्याम्पियनसिप नेपालमा भएको थियो । दक्षिण एसियाका राष्ट्रहरुले पालैपालो गर्ने गर्ने प्रतियोगिता सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । त्यतिबेला नेपाल फाइनलमा भारतसँग पराजित हुँदै दोस्रो भएको थियो ।

अब भने सीएभीएले नै साउथ एसियन भलिबल आयोजना गर्ने भएको हो । जसमा महिलाको प्रतियोगिता नेपालमा हुनेछ भने पुरुषतर्फको साउथ एसियन भलिबल च्याम्पियनसिप श्रीलंकामा आयोजना हुनेछ । यस्तै साउथ एसियन बिच भलिबल बंगलादेशमा हुने भएको छ । एसियन सेन्ट्रल जोन महिला र पुरुष र भलिबल प्रतियोगिता भने अर्को वर्ष माल्दिभ्समा हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति