मदर टेरेसाको संस्थाको विदेशी सहायतामा भारतको अंकुश

काठमाडौं, १३ पुस । भारत सरकारले मदर टेरेसाले स्थापना गरेको संस्थाको विदेशी सहयोग लिन पाउने अनुमतिपत्र नवीकरण गर्न अस्वीकार गरेको छ।मदर टेरेसाको संस्थाले अनाथ बालबालिकालाई आवास बनाउने, विद्यालय, क्लिनिक र आश्रम निर्माणजस्ता कार्यहरु गर्दै आएको छ। क्रिसमस डे को अवसरमा भारतको गृहमन्त्रालयले संस्थाबारे विभिन्न किसिमको नकारात्मक समाचार आएको भन्दै विदेशी सहयोगको अनुमतिपत्र नवीकरण नगरिने बताएको थियो।

साथै मिसिनरिज अफ च्यारिटी संस्थाको सबै बैंक खाता पनि रोक्का गरेको थियो। यद्यपि यस विषयमा सरकार तथा संस्थाको तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन। यो संस्थामाथि एक बालिकालाई जबर्जस्ती क्रस लगाउन र बाइबल पढ्न लगाइएको आरोप छ।

यस विषयमा गुजरातमा रहेको उक्त संस्थामाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। यसैबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मदर टेरेसाको संस्थाको सबै खाता रोक्का गरिएको विषयमा आपत्ति जनाएकी छिन्।उनले कानुन सबैभन्दा मथि रहने भए पनि मानवीय सहायताको विषयमा पनि सोच्नुपर्ने बताएकी छिन्।यो संस्थाले २२ हजार बिरामी र कर्मचारीलाई भोजन तथा औषधि पुर्‍याउँदै आएकाले सरकारको निर्णयले उक्त कार्यमा समस्या उत्पन्न हुन सक्ने बनर्जीको भनाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति