‘ए’ डिभिजन लिग जावलाखेलले सातदोबाटोलाई दुई–शून्य गोलले हरायाे

काठमाण्डौ, १२ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लब विरूद्ध जित हासिल गरेकाे छ । दशरथ रङ्गशालामा आज सोमवार भएको खेलमा जावलाखेलले सातदोबाटोलाई दुई–शून्य गोलले हराएकाे हाे ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अङ्क जोड्न सफल भए । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एकरएक गोल गरेका थिए । खेलको ५० औँ मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औँ मिनेटमा विदेशी खेलाडी निकोलसले गोल गर्दै जावलाखेललाई दुई–शून्यको जित दिलाए । जितसँगै जावलाखेल सात अङ्कसहित नवौँ स्थानमा पुगेको छ । सातदोबाटो ६ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति