काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसीसीलाई परिमार्जन गरेर पास गर्नुपर्ने बताएका छन्।
‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रचण्डले सोमबार बन्द सत्रमा अढाई घण्टा लगाएर वाचन गरेकव प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। प्रचण्डले एमसीसीलाई अस्वीकार गर्ने भन्दा नेपालको राष्ट्रिय हित अनुकुल बनाएर पास गर्नुपर्ने मत पनि प्रतिवेदनमा राखेका छन्।
अमेरिकी परियोजना एमसीसीलाई परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर मात्रै पारित गराउने दिशामा हामी जानुपर्छु, उनले प्रतिवेदनमा भनेका छन्। प्रचण्डले अढाई घण्टा लगाएर वाचन गरेको राजनीतिक प्रतिवेदनमाथि अब सामूहिक छलफल थालिने भएको छ।
प्रतिक्रिया