नेपाल सेन्ट्रल जोन भलिबलको फाइनलमा

काठमाडौँ, १२ पुस । बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको छ । ढाका मिरपुरस्थित शाहिद सुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पार्‍यो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो । अब नेपालले उपाधिका लागि भोलि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । आजै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गदै फाइनलमा प्रवेश गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति