बोदेबर्साइनमा अज्ञात रोगले मर्न थाले चौपाया, सराेकारवालाकाे व्यवास्ताले किसान चिन्तित

राजविराज, १२ पुस । सप्तरीको पश्चिमी भेगको बोदेबर्साइनमा फैलिएको अज्ञात रोगले चौपाया मर्न थालेका छन् । बोदेबर्साइन नगरपालिका– ५ मा एक सातादेखि फैलिएको सो रोगको सङ्क्रमणबाट करिब एक दर्जन पशुचौपाया ग्रसित देखिएको स्थानीयवासी उमेश साहले जानकारी दिए ।

सो रोगको सङ्क्रमणबाट केही पशुचौपाया मरेका छन् । स्थानीयवासी रामप्रसाद सिंहका अनुसार चौपायाको मुखबाट र्‍याल आउने, काप्ने, छट्पटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको बताए । स्थानीयवासी गोपालप्रसाद सिंह किसानका दुईवटा चौपाया मरेका छन् भने धेरैजसो चौपाया बिरामी रहेका छन् । उनले भने, “सुरुसुरुमा चौपायामा खुट्टा र मुखमा घाउ आउने समस्या देखियो, समान्य कुरा भनेर हामीले घरेलु औषधि सुरु गरियो केही चौपाया निको भयो तर अन्य चौपायामा पनि फरकफरक लक्षण देखिन थालेका छन्”, अहिले जेजति उपचार गराउँदै आए तापनि पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण पनि देखिएकाे बताइएको छ ।

चौपाया बिरामी देखिए तापनि सरोकारबालाले गम्भीरता नदेखाएकोप्रति स्थानीय किसान चिन्तित देखिएका छन् । तत्काल रोग पत्ता लगाएर उपचारतर्फ गम्भीता देखाउन स्थानीय पशुपालकहरुले आग्रहसमेत गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति