आठौं महाधिवेशन : माओवादीको बन्दसत्रमा प्रचण्डले वाचन गरे राजनीतिक प्रतिवेदन

काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आजबाट सुरु बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् । उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको भने छैन ।प्रचण्डको प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति