महाधिवेशनस्थलबाट किन हटाइयो प्रचण्डको डमी: यस्तो छ कारण

काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन प्रज्ञा भवन, कमलादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डमी हटाइएको छ। महाधिवेशनको उद्घाटन कार्यक्रम चलिरहँदा प्रज्ञा भवन परिसरमा प्रचण्डको डमी ल्याएर राखिएको थियो।सामान्य मानिसभन्दा अग्लो उक्त डमी राखिएपछि फोटो खिचाउनेको भिड लागेको थियो।

उक्त डमी महाधिवेशनस्थलमा राखिएपछि माओवादी कार्यकर्ताले नै चर्को आलोचना गरेका थिए।उक्त डमीलाई लिएर सामाजिक सञ्जालमा प्रचण्डले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैली पछ्याएको भन्दै हाँसी मजाक भएको थियो।यो महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड निरन्तर हुने पक्का भएको अवस्थामा प्रचा, पम्प्लेटदेखि तुल ब्यानरसम्म उनका तस्बिर सजाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति