सांगठनिक कर्मकाण्ड पुरा गर्न महाविधेशन आयोजना गरेका होइनौं : नेता श्रेष्ठ

काठमाडौँ, ११ पुस । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सांगठनिक कर्मकाण्ड पुरा गर्न मात्रै महाधिवेशन नगरेको बताएका छन् ।‘हाम्रो पार्टीले राजनीतिक दलसम्बन्धी ऐनको धारा पुरा गर्न र सांगठनिक कर्मकाण्ड पुरा गर्न यो महाधिवेशन गर्न गइरहेका छैनौं,’ श्रेष्ठले महाधिवेशनको कार्यक्रममा सम्बोधन गर्दै भने ।श्रेष्ठले रुपान्तरित र क्रान्तिकारी पार्टी निर्माणका लागि महाविधेशन भएको समेत बताए। उनले भने, ‘रुपान्तरित क्रान्तिकारी पार्टी, पर्नुगठित पार्टी निर्माणको प्ररारम्भ गर्न महाधिवेशन गर्न गइरहेका छौं ।’महाधिवेशनबाट २१ औं शताब्दीको समाजवाद कस्तो हुन्छ भनेर व्याख्या समेत गर्ने श्रेष्ठले बताए ।
‘हामीले समाजवाद उन्मुख भने प्रष्ट पार्नु छ,’ उलने भने, ‘२१ औं शताब्दीको नेपाली समाजवाद कस्तो हुन्छ भनेर हामी महाधिवेशनमा छलफल गर्न गइरहेका छौं ।’श्रेष्ठले चुनावसम्म वामलोकतान्त्रिक गठबन्धन कायम रहने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति