नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीको ठूलो भूमिका रहन्छ : उपाध्यक्ष पौडेल

काठमाडौं, ११ पुस । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले माओवादीको महाधिवेशनले देशकै भविष्यमा ठूलो भूमिका खेल्ने बताइन । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै उपाध्यक्ष पौडेलले माओवादीले लिने निर्णयले पार्टीको मात्रै नभइ देशकै राजनीतिमा महत्त्व राख्ने बताइन ।

नागरिकको लामो सङ्घर्ष र बलिदानबाट आएको गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धि खतरामा परेको अवस्थामा माओवादीले महत्त्वपूर्ण निर्णय लिनुर्पेमा पौडेलले जोड दिइन ।अहिले प्रतिगमन फरक रूपमा आएर लोकतन्त्रमा आक्रमण भइरहेको र त्यसलाई असफल पार्न माओवादीसहित पाँच दलीय गठबन्धन बनाइएको र त्यसलाई बलियो बनाउनुपर्ने पौडेलले बताइन ।

नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति