नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु (फोटोफिचर)

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ । राजधानीको कमलादीमा सो पार्टीको महाधिवेशन उद्घाटन समारोह सुरु भएको हो । माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भने पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको हो ।

महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् । यस्तै केन्द्रीय सदस्य २९९ सदस्यीय रहने भनिए पनि केही सङ्ख्या बढाउन आइतबार बसेको केन्द्रीय कमिटी कमिटी बैठकले प्रस्ताव गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ । महाधिवेशनमा देशभरका सातवटै प्रदेश र तीनवटा गैर भौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी भएका छन् ।

kf6L{ sfof{no k]l/;8fF8f M em08f clÍt tf]/0fn] l;Fufl/Psf] cj:yfdf sf7df8f}, !! k’; M g]skf -dfcf]jfbL s]G›_ sf] /fli6«o ;Dd]ngsf] lbg kf6L{sf] em08f clÍt tf]/0fn] l;Fufl/Psf] cj:yfdf sf]6]Zj/l:yt k]l/; 8fF8fdf /x]sf] kf6L{ sfof{no . t:jL/ M /Tg >]i7÷ /f;;
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board