माओवादी केन्द्रको आठौं महाधिवेशन प्रज्ञा भवनमा शुरु

काठमाडौं,११ पुस । नेकपा माओवादी अध्यक्ष प्रचण्ड पार्टीको आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् । आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्‍याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् । उनीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि कार्यक्रम स्थल पुगेका छन् । प्रचण्ड पुग्नु अघि एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल मञ्चमा पुगिसकेका थिए ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेको केन्द्रीय समितिले अनुमोदनपछि समय लम्बिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board