बलिउड अभिनेता सलमान खानलाई टोक्यो सर्पले, एन्टिवेनम डोज दिएपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, ११ पुस । बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । आफ्नो जन्मदिनको अघिल्लाे दिन सलमान खान आफ्नो पनवेल फार्महाउस गएका थिए । जहाँ उनलाई गैर-विषालु सर्पले टोकेको थियो ।

यो घटना आइतबार बिहान भएको थियो । उनलाई उपचारका लागि कामोठे स्थित एमजीएम अस्पतालमा लगिएको थियो । आज बिहान ९ बजे डिस्चार्ज गरिएको बताएका छन् । उनको हातमा सर्पले डसेको थियो तर अहिले उनको अवस्था राम्रो छ । उनलाई एन्टी वेनम औषधि खुवाइयो र केही घण्टाको अवलोकनपछि अभिनेतालाई घर जान अनुमति दिइयो ।

क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको बताएका छन् । लकडाउनका बेलामा पनि उनी यही फार्म हाउसमा बसेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board