भारतमा ६० वर्षभन्दा माथिका नागरिक र अग्रपङ्क्तिमा खटिनेलाई बुस्टर डोज

भारत ११ पुस । भारतमा ६० वर्षभन्दा माथिका नागरिकले कोरोना भाइरस विरुद्धको बुस्टर डोज पाउने भएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज दिने बताए ।
उनले सम्बोधनका क्रममा अग्रपङ्क्तिमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका नागरिकलाई प्रिकर्सन अर्थात सतर्कता डोज दिने बताएका हुन । कोरोना विरुद्धको तेस्रो खोपलाई विश्वमा बुस्टर डोज भनिए पनि मोदीले भने प्रिकर्सन डोजको नाम दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बुस्टर डोज आउँदो जनवरी १० तारिख अर्थात पुस २६ गतेदेखि दिइने छ । यस्तै, प्रधानमन्त्री मोदीले १५ वर्षदेखि १८ वर्षसम्मका किशोर किशोरीलाई पनि जनवरी ३ तारिखदेखि कोरोना विरुद्धको खोप दिइने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board