26 December, 2021 11:08 am


राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन

काठमाडौं,११ पुस । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले शनिबारको निर्णयलाई अनुमोदन गरेको हो।राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन भएको एक नेताले बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भन्ने निष्कर्षमा आफू पुगेको अध्यक्ष प्रचण्डले बताएका थिए। ‘हामीले स्थानीय तहदेखिनै नेतृत्व छानिसकेका छौ। देशभरी नेतृत्व चयन गरिसकेको र महाधिवेशन नगरेको पनि धेरै भएकाले यसलाई आठौं महाधिवेशनका रूपमा गर्ने निर्णय गरेका हौं’, प्रचण्डले बैठकमा राखेको भनाई उद्धृत गर्दै ती नेताले भने।यसअघि शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले त्यसलाई महाधिवेशनमा परिणत गर्न लागिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

२०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो।महाधिवेशनको उद्घटान आइतबार ३ बजे काठमाडौंमा हुने भएको छ।
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले अन्य दललाईसमेत निम्तो गरेको छ। महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board