हामी कोही नभएपनि माओवादी भइरहन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा क्षमतावान नेताहरु भएको बताउदै आफू वा अहिलेका कोहीपनि नेताहरु नभएपनि माओवादी पार्टी र विचार भने रहिरहने बताएका छन् । माओवादीको आठौं महाधिवेशनको सन्दर्भमा सम्पादकहरुसँगको अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी पार्टीभित्र वरिष्ठ नेताहरु मोहन वैद्य किरण, बाबुराम भट्टराई र पोष्टबहादुर बोगटी लगायतका नेताहरुसँग एउटै कमिटीमा ३० वर्ष काम गरेको र उत्तराधिकारी तयार पार्ने सन्दर्भम पनि छलफल भएको बताए । मैले अध्यक्षमा बाबुराम भट्टराईलाई पनि प्रस्ताव गरेको थिएँ ।

फरक खाले अभ्यास किन नगर्ने भनेर त्यस बेला त्यस्तो भएपनि पार्टी वैचारिक, संगठानिक, सांस्कृतिक हरहिसाबले तयार भइसकेको थिएनँ । बाँचुन्जेल अध्यक्ष भइराख्नुपर्छ भन्ने मेरे रहर र इच्छा होइन, टीम्बद्ध प्रयासमा यतिबेला पनि प्रचण्डको भूमिका आवश्यक छ भन्ने ठहर मात्र हो । क्षमता भएका नेताहरु स्थयी समिति, केन्द्रीय समिति र तलपनि हजारौंको संख्यामा छन्। प्रचण्ड नहुदा पनि पार्टी चल्छ । हामी कोही नभएपनि माओवादी भइरहन्छ । जनयुद्ध, शान्त्प्रिक्रिया, संविधान सभा लगायतका सबै कुराहरुका लागि अरु कसैले भएपनि नयाँ क्रान्तीकारी पार्टी बनाउछ, अध्यक्ष प्रचण्डले बताए ।

शान्तिप्रक्रियामा आएपछि पार्टीभित्र प्रदुषण र विसंगति देखा पर्नु चिन्ताजनक

उनले शान्तिप्रक्रिया पछि पार्टी भित्र प्रदुषण र विसंगति देखा पर्नु चिन्ताजनक रहेको पनि बताए । माओवादी त्इाग र बलिदानको विरासतको पार्टी भएकोले यसलाई करेक्सन गर्नुपर्ने पनि उनले बताएका छन् । नयाँ क्रान्तीकारी विचार र क्रान्तीकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन पुष ११ देखि १५ सम्म चल्नेछ । यसका लागि पार्टी अध्यक्ष प्रचण्डले तयार पारेका राजनीतिक प्रतिवेदनमा यी विविध विषय समेटिनुका साथै समाजवादमा आधारित आर्थिक विकास, उत्पादन, श्रम र जनतासँग प्रत्येक्षरुपमा जोडिने विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

संसद विघटन गलत हो जायज भन्ने विषयमा राजनीतिक ध्रुवीकरण

उनले संघियता, धर्मनिरपेक्षतामा आधारित संविधान र व्यवस्थ नै उल्ट्याउन केही राजनीतिक शक्तिहरु लागिपरेको उनले बताए । संविधान ठूलो संघर्षृपछि आएको हो । यसलाई रक्षा गर्नुपर्छ, राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्र्द लानुपर्छ । यो नै पर्याप्त होइन भन्ने पनि एउटा कुरा छ । संसद विघटन जायज छ वा गलत छ भन्नेमा देशको राजनीतिक र समाज धु्रवीकृत भयो । पहिलो पटकको संसद विघटन पनि संविधानविरोधी काम भएके भन्ने निष्कर्श निकालेको र दास्रो पटकको संसद विघटनमा राजनीतिक दलहरुबीच् मोर्चाब्न्दी गरेर, संसदभित्र मेजोरिटी पु¥याउने कोसिस भएको र यसका लागि आफ्नो ठाउँबाट अपिल गर्दै अन्ततः संसद पुर्नस्थापना गर्न सफल भएको उनले बताए ।

बुर्जुवा प्रणालीमा विश्वास गर्दैनौं

अध्यक्ष प्रचण्डले बुर्जुवाले जस्तो चुनव जित्ने प्रवृत्तिले नेतृत्व् बनाउछ भन्नेमा विश्वस नभएको बताए । पूजीवादी पार्टीहरुले जनवादी केन्द्रीयताको विषय उठान नगर्ने तर माओवादीले जनवादी र केन्द्रीयताको प m्यूज्नबाट लिडरसिप मिल्छ भन्नेमा विश्वस गर्ने उनले बताए । उत्पादन र श्रमसँग जोडेर रुपान्तरण भन्ने हो । माओवादलाई छोडिएके भन्ने पनि भनियो तर त्यो छोडिएके होइन । महाधिवेशनले टुंगो लगाउने भन्ने थियो । प्रत्यक्ष निर्वाचित कार्यकारीके कुरा छ । यिनै कुरा जनामा विस्तारै लाने समय आयो भन्ने कुरा हो, उनले बताएका छन् । मोडालिटी कुनै जादुको छडी होइन । क्रान्तीकारीले सचेत प्रयत्न गर्दा बढी नै गम्भिर छौं, प्रचण्ले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board