जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा आत्मसमीक्षा गर्दैछु : अध्यक्ष प्रचण्ड

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरु गरेको बताए । आइतबार शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको प्रचण्डले बताएका हुन ।

प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा उनले जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको भन्दै यो स्थिति किन आयो भन्ने विषयमा मूल नेतृत्वबाट गरिएको आत्मसमीक्षाले फेरि सबैलाई एक ठाउँमा आउने स्थिति बन्ने दावी गरे । मैले पहिलो आत्मसमीक्षा म बाटै शुरु गर्दैछु राष्ट्रिय सम्मेलनमा ।

कहाँ त्रुटी भयो र यस्तो स्थिति आयो त ? त्यसको निम्ति नैतिक रुपले म जिम्मेवार हुन्छु नै, प्रमुख नेता हुनुको नाताले । प्रुफको रुपमा पनि कहाँ त्रुटी भयो भन्ने कुरा सबै साथीहरुको अगाडि‘जाओस् भन्ने चाहेको छु । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा शुरु हुँदैछ । राष्ट्रिय सम्मेलनमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यही सम्मेलनले माओवादीको नयाँ नेतृत्व पनि चयन गर्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति