काठमाडौँ, १० पुस । नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापा अगाडि भएका छन् । १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापा निर्धारण गरिएको हो।
१२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए भने शर्मा १३ औं महाधिवेशन मात्र केन्द्रीय सदस्य भएका थिए । नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए । शर्मा नेविसंघको राजनीतिमा सिनियर भएपनि पार्टी राजनीतिमा थापा आगाडि प्रवेश गरेका थिए । महामन्त्रीको वरियतामा पार्टी राजनीति प्रवेशलाई आधार बनाएको देखिन्छ ।
विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ। वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन्। पार्टी सदस्यता लिएको आधारमा उनीहरूलाई वरियतामा राखिएको हो। उनीहरूलाई केन्द्रीय समितिमा देउवाले मनोनित गर्न नै बाँकी छ। त्यसपछिको वरियतामा पदाधिकारीहरू छन्। कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्।त्यसपछि अन्य दुई नेतापछि मात्रै २० नम्बरमा कोइरालालाई राखिएको छ। अहिलेका निर्वाचित पदाधिकारी र पूर्वपदाधिकारीपछि उनको नाम राखिएको हो। केन्द्रीय सदस्यको पहिलो नाम उनको नामबाटै सुरू हुन्छ।देउवासँग कोइराला सभापतिमा पराजित भएका थिए। सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वतस् केन्द्रीय सदस्य हुने प्रावधान छ।
प्रतिक्रिया