हनुमानढोका दरबार क्षेत्रमा सिकर्मी पेशामा पुस्तान्तरणका लागि तालिम

काठमाडौँ, ९ पुस । सिकर्मी पेशामा पुस्तान्तरणको समस्या भएको भन्दै विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रले युवापुस्तालाई लक्षित गरी तालिम सञ्चालन गरेको छ ।

वि.सं. २०७२ को भूकम्पपछि सिकर्मीको अभाव भएको भन्दै दरबार क्षेत्रले तालिम सञ्चालन गरेको हो । अन्य पेशामा जस्तोे यस पेशामा पुस्तान्तरण गर्ने गरेको पाइँदैन, त्यसैले यसअघि पनि काष्ठकलासम्बन्धी काम गरिरहेका तर ज्ञान कम भएका युवापुस्ताका लागि तालिम दिइएको हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

“पछिल्लो समय काठको काम गर्नेको सङ्ख्या बढे पनि सम्पदाको ज्ञान भएका र यसअघि सम्पदामा भएको बुट्टालाई बनाउन जान्ने सिकर्मीको अभाव छ, त्यसैले यस किसिमको कार्यक्रम सञ्चालन गरिएको हो”, प्रमुख खनालले भने, “भूकम्पका कारण पूर्णरुपमा क्षति भएका ऐतिहासिक सम्पदाको समयमा नै पुनःनिर्माणको काम सम्पन्न नहुनुको प्रमुख कारण पनि सिकर्मीको अभाव हो ।”

उक्त तालिममा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बौद्ध विश्वसम्पदा क्षेत्रबाट सहभागिता रहेको छ । यही पुस १ गतेदेखि सञ्चालन भएको उक्त तालिम शनिबारसम्म सञ्चालन हुनेछ । तालिममा २० जना सहभागी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति