ट्रक दुर्घटनामा एकको मृत्यु

सिन्धुपाल्चोक, ९ पुस । मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिए ।

ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् । जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताएका छन् । कार्की गाडीधनी नै रहेकेा जानकारी दिए । प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको बताइएकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति