समृद्ध नेपाल निर्माणका लागि पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्छः केन्द्रीय सदस्य आचार्य

काठमाडौँ, ९ पुस । नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य मोहन आचार्यले शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । आफ्नो सम्मानमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल जिल्ला कार्यसमिति रसुवाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘बधाई तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्छ विचार व्यक्त गरे ।

“कांग्रेसलाई ठूलो पार्टीमात्र होइन, जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, विदेशिएको श्रम शक्तिलाई स्वदेशमा नै रोजगार दिने वातावरण कांग्रेसले निर्माण गर्छ, अग्रजको अनुभव र युवाको जोसलाई सँगै लिएर कांग्रेस अगाडि बढ्छ”, उनले भने । उनले कांग्रेसको १४ औँ महाधिवेशन सफल बनाउने र आफूलाई विजयी गराउने देशभरका पार्टीका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिलाई धन्यवादसमेत दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board