एभीसी सेन्ट्रल जोन भलिबल : नेपाली महिला टोलीको लगातार दोस्रो जित


काठमाडौं, ९ पुस । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।बङ्गलादेशको ढाकामा आज माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।साविक विजेतासमेत रहेको नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकालेको हो ।लगातार दुई खेलमा जित निकालेसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।नेपालले पहिलो खेलमा हिजो श्रीलङ्कालाई ३–२ को सेटमा हराएको थियो । अब नेपालले तेस्रो खेलमा भोलि बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।यस्तै बेलुका पौने ५ बजे पुरुष टोलीले उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति