प्रदेश २ को कांग्रेस सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी

जनकपुरधाम , ९ पुस । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन्।कांग्रेस रौतहटका सभापतिसमेत रहेका यादवले कांग्रेस प्रदेश २ को संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई १४१ मतान्तरले पराजित गरेका हुन्।

सभापतिमा विजयी कृष्णले ९९६ मत पाए। उनका प्रतिद्वन्द्वी रामसरोजले ८५५ मत प्राप्त गरे । चुनावमा १ हजार ८८१ मत खसेको थियो। विमलेन्द्र निधि र डा शेखर कोइराला पक्षबाट रामसरोज उम्मेदवार बनेका थिए।

प्रदेश कार्यसमितिका अन्य पदको मतगणना आजै सुरु हुने निर्वाचन समितिले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति