विश्वभर कोरोना संक्रमण बढ्यो : एकैदिनमा साढे ९ लाख संक्रमित , मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो

काठमाडौं, ९ पुस । विश्वभर कोरोना संक्र्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख पुगेको छ ।ओल्डोमिटरको विवरणअनुसार आज (शुक्रबार) बिहानसम्म मृतकको संख्या ५४ लाख १४६ पुगेको छ ।पछिल्लो २४ घण्टामा मात्र ६ हजार ४२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा र रुसमा मात्र दैनिक मृत्यु हुनेको संख्या एक हजारको हाराहारीमा रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र विश्वभर ९ लाख ४७ हजार २१७ जना कोराना संक्रमित थपिएका छन् । अमेरिकामा मात्र २ लाख ५० हजार ५८८ जनामा संक्रमण पुष्टि भएको छ ।

बेलायतमा एक लाख १९ हजार ७८९, फ्रान्समा ९१ हजार ६०८, स्पेनमा ७२ हजार ९१२, इटलीमा ४४ हजार ५९५, जर्मनीमा ३९ हजार १९६, रुसमा २५ हजार ६६७, साउथ अफ्रिकामा २१ हजार १५६ र टर्कीमा १८ हजार ७७१ जनामा संक्रमण पहिचान भएको हो ।

विश्वभर कोरोना संक्रमितको संख्या २७ करोड ८४ लाख ७० हजार ३६८ पुगेको छ भने तीमध्ये २४ करोड ९१ लाख ३५ हजार ६०६ जना निको भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति