काठमाडौं, ८ पुस । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमा उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्रीले भूमिका खेल्नुपर्ने बताएका छन् । उनले प्रतिपक्षी दलसँग वा सर्वदलीय बैठक बसेर भए पनि संकट समाधानका लागि भूमिका खेल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।
महान्यायाधिवक्ताको कार्यालयको ७१औं स्थापना दिवसको सन्दर्भमा बिहीबार आयोजित कार्यक्रममा उपस्थित प्रधानमन्त्री देउवालाई महान्याविधक्ता खातीले यस्तो आग्रह गरेका हुन् ।साथै सरकारी वकिलहरूको पनि यसमा महत्वपूर्ण भूमिका हुनसक्ने उनले बताएका थिए । संसद् बैठक पनि अवरुद्ध भइरहेको अवस्थामा गतिरोधको निकास निकाल्नुपर्ने उनको धारणा थियो ।न्यायालयमा सेवाग्राहीले सेवा नपाएको गुनासो हामीले दिनहुँ सुनिसरहेक छौं ।
आज प्रधानन्यायाधीशमाथि जे कुरा उठेको छ । संसद् बैठक चलिरहेको छैन । यसमा सरकारले विशेष चासो दिनुपर्छ । असहमतिबीच सहमति खोजेर वा प्रतिपक्षीसँग बसेर वा सर्वदलीय बैठक बसेर भए पनि निकास दिनुपर्छ, महान्यायाधिवक्ता खातीले भने ।यस क्रममा न्यायाधीशहरूमाथि र नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरूमाथि पनि प्रश्न उठिरहेको भन्दै पारदर्शी बन्नुपर्नेमा उनले जोड दिएका थिए ।
प्रतिक्रिया