काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेजमाथि छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।पुस ११–१३ मा हुने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक दस्तावेज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखिरहेका छन् ।
उनले लेखन करिब–करिब टुंग्याएपछि बैठक बोलाइएको हो ।दस्तावेजमाथि स्थायी समिति बैठकमा छलफल भएपछि प्राप्त सुझावहरुलाई समेत समेटेर अन्तिम रुप दिइने स्थायी समिति सदस्य गणेस साहले जानकारी दिए।प्रचण्डले आफ्नो दस्तावेज वैज्ञानिक समाजवादको रणनीतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा बढी जोड दिएको बताएका छन् ।
प्रतिक्रिया