स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छुः राष्ट्रपति बाइडेन

वासिङ्टन, ८ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् ।अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन् । अर्को निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्ने प्रश्नमा उनले सो जवाफ दिएका हुन् । सो क्रममा उनले भने – हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति