पाँच महिनामै मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब पुग्यो

काठमाडौँ, ८ पुस । चालु आर्थिक वर्षको पाँच महिनामै (साउनदेखि मंसिर मसान्तसम्म) मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनाको अवधिमा कुल ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब २ अर्ब ९२ करोडको निर्यात भएको छ । व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ५४.७० प्रतिशतले बढी हो । आयात ५९। ५५ प्रतिशतले बढेको छ भने निर्यात १०५ प्रतिशतले बढेको छ । कच्चा सोयाविन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । जसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको हो यसको व्यापार घाटामा भने योगदान देखिएको छैन ।चालु आवको पहिलो चार महिनाको तथ्यांकअनुसार २७ अर्ब २३ करोडको कच्चा सोयाविन तेल आयात भई प्रशोधन गरी २६ अर्ब ४० करोड रुपैयाँको निर्यात भएको छ । त्यस्तै १९ अर्ब १७ करोडको कच्चा पाम तेल आयात भई प्रशोधन गरी १९ अर्ब २ करोडको निर्यात भएको तथ्यांक छ ।वस्तुगत रुपमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु आवको पहिलो चार महिनाको तथ्यांकअनुसार ७८ अर्बको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ । पेट्रोलियम पदार्थपछि धेरै आयात हुने वस्तुहरुमा क्रमशस् सवारीसाधन तथा पार्टपूर्जा, मेसिनरी तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल, टेलिकम्युनिकेसन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति