बर्दिया, ८ पुस। सशस्त्र प्रहरीको गोताखोर टोलीले नहरमा डुबी हराईरहेकी बालिकाको शव निकालेको छ । पौष ३ गते बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ८ कि ६ वर्षिया देबिका खनालको शव निकालेको हो । सुरक्षा बेश कतर्निया, नेपाल प्रहरी र स्थानिय बासिन्दा सहितको टोलीले खोजतलास गर्दा समेत फेला पार्न सकेको थिएन ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४२ गण सम्शेरगन्जल बाँकेबाट खटिएको स.प्र.ना.उ.राजकुमार श्रेष्ठको कमाण्डको गोताखोर टोलीले खोजतलास गर्ने क्रममा बालिकाको शव फेला परेको सशस्त्र प्रहरी नायब गोविन्द के सीले जानकारी दिए ।
उनका अनुसार बारबर्दिया ८ थानफेना स्थित बबई सिचाई आयोजनाको नहरमा रहेको साईफनमा ५०/६० फिट भित्र गहिराईमा फलामको अंकुस आकारको सरियामा स्विटर अड्किई आधा शरिर हिलोले पुरि सकेको अवस्थामा गोताखोर स.प्र.ज किरण भण्डारीले बालिकाको शव फेला पारेको हो। पुस ७ शव फेला पारि उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ न गण हे.क्वा बर्दिया गणपति नर बहादुर रावतले जानकारी दिए ।
सशस्त्रले गर्दै आएको पानीको गहिराइमा गएर उद्धार गरिने यो कार्य निकै जोखिमपूर्ण मानिन्छ । नेपालमा अहिले ३५ जना मात्र गोताखोर रहेका छन् । अहिलेसम्म नेपाली सेना र नेपाल प्रहरीमा गोताखोर छैनन् । सशस्त्रमा मात्र ३५ जना छन् । सातै प्रदेशमा तालीमप्राप्त गोताखोर राख्ने योजनाअनुरुप ३५ जनालाई सातै प्रदेशमा बाढिएको छ ।
नेपाल सुरक्षा बेस बाके शंसेरगञ्जमा अहिले ४ जना गोताखोर रहेका छन् । शंसेरगञ्जले ५ नम्बर प्रदेश र ६ नम्बर हेर्दै आएको छ । सातै प्रेदशमा गोताखोर खठाइए पनि प्रदेश ६ मा स्रोतसाधनको अभावका कारण प्रदश पाँचमा रहेका गोताखोरले हेर्दै आएका हुन् । यहाँ राप्ती नदि, कर्णाली नदि, भेरी नदि जस्तो नेपालकै ठुला नदिहरु रहेका छन् । ुअण्डर वाटर डाइभिङु तथा पानी मुनि गरिनुपर्ने उद्दार गर्दै आएको छ ।
नेपालमा धेरै दुर्घटना भई अधिकांश बस नदीमा खस्ने गरेकाले तालिमप्राप्त गोताखोर आवश्यकता बढिरहेको छ । यस्ता संवेदनशील विषयप्रति नेपाल सरकारले चासो दिनुपर्ने उत्तिकै जोखिमपूर्ण पनि हुन्छन् । दक्ष जनशत्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया