जनकपुरधाम, ७ पुस । नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको प्रहरीले जनाएको छ । जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन्। निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
कांग्रेसको प्रदेश २ को अधिवेशनमा कुटाकुट
प्रतिक्रिया