भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित


नयाँ दिल्ली,७ पुस ।कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २ सय१३ जना सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २ सय १३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । ती मध्ये सवैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट भने छ हजार ३ सय १७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी अरु ३ सय १८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरी अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ७८ हजार १ सय ९० पुगेको छ । यो सङ्ख्या ५ सय ७५ दिन पछिकै सवैभन्दा कम हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति