एमालेका सबै जनसंगठनलाई तोकिएको मितिमै अधिवेशन गर्न निर्देशन


काठमाडौं, ७ पुस । नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठक बुधबार बसेको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको उपस्थितिमा बैठक बसेको हो । एमालेले १० औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण गरेको थियो । बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय अनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय अधिवेशन र सम्मेलन आयोजना गर्नका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको छ ।एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनसंगठनलाई अधिवेशन गर्न निर्देशन दिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति