माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने

काठमाडौँ, ७ पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने प्रवक्ता महराले बुधबार पत्रकार सम्मेलनमा बताए । महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरु चयन भइसकेको उनले जानकारी दिए ।यस्तै, फरक प्रसंगमा एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा रहेको पनि उनले बताए । माओवादीले एमसीसी यथास्थितीमा पारित गर्ने पक्षमा नरहेको पनि उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति