काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । माओवादी केन्द्रका अनुसार आयोजक समितिका १ सय ७९, सल्लाहकार १ सय ४९, ज्येष्ठ कम्युनिस्ट १ सय २५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १ सय २ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् ।त्यस्तै प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ जना मनोनीत हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते हुँदैछ ।प्रदेश प्रतिनिधिहरु प्रदेश १ बाट ९६, प्रदेश २ बाट १सय ६, वागमतीबाट १ सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट १ सय ५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरुबाट ४३ जना छनोट हुनेछन् ।
प्रतिक्रिया