प्रतिनिधि सभा बैठक : आज पनि एमालेको अवरोध

काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पक्षपूर्ण व्यवहार बन्द गरु भन्ने लगायतका नारा लगाउँदै आज बुधवार पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदले बेल घेराउसहित चर्काबाजी गर्दै प्रतिनिधि सभा अवरोध गर्ने कामलाई निरन्तरता दिएको हो ।यता सभामुख सापकोटाले सभालाई सुरु गराएर आफ्ना असहमति राख्न पटक–पटक आग्रह गरे पनि एमाले सांसदले त्यसको बेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैँ पार्टी फुटाउने षड्यन्त्रमा लागेका भन्दै संसद बैठकमा अवरोध गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति