ओछ्यानमा पिसाव फेरेको भन्दै नाबालकको लिंगमा रबरले बाँधेर यातना दिने होस्टल वार्डेन पक्राउ

पोखरा, ६ पुस । राति सुत्दा ओछ्यानमा पिसाव फेरेको भन्दै नाबालकको लिंगमा रबरले बाँधेर यातना दिने होस्टल वार्डेनलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा–१५ गलेश्वर चोकमा रहेको न्यू लाइफ स्कुलकी वार्डेन जानुका नेपाली पक्राउ परेकी हुन् ।उनले विद्यालयको होस्टलमा बस्ने ६ वर्षीय बालकलाई राति ओछ्यानमा पिसाव फेर्न नदिन यौनांगमा रबरले बाँध्ने गरेको खुलेको छ ।

यस्तो कुरा अर्का विद्यार्थीले सोमबार विद्यालयकै एक शिक्षिकालाई सुनाएपछि वार्डेनले बालकलाई यातना दिने गरेको सार्वजनिक भएको थियो । शिक्षिकाले बालकलाई हेर्दा पेट फुलेको र रोइरहेको अवस्थामा थिए ।होस्टल वार्डेन नेपालीले आफूले गल्ती गरेको र अब त्यस्तो कर्तुत नदोहोर्‍याउने भन्दै लिखित समझदारी गरेकी थिइन् ।

उक्त घटना सार्वजनिक भएपछि भने प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । नुवाकोट पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–१४ बस्ने २७ वर्षीया नेपालीलाई बालबालिका विरुद्धको कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपक केसीले बताए । कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरकेको उनले जनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति