काठमाडौँ, ६ पुस । एमसीसी खारेज गर्न माग गर्दै आएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मालेसहितमा राजनीतिक दलहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।
एमसीसी संसद्बाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनालीसहितका नेताहरुको अगुवाइमा काठमाडौंमा विरोध प्रर्दशन गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा ९माले० का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी अनुदान नभएको दाबी गरे ।उनले कुनै पनि अनुदान संसद्बाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए ।
महासचिव मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताए । उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए ।त्यस्तै, नेकपा ९क्रान्तिकारी माओवादी० का नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताए । उनले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए ।
नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । उनले एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने दाबी गरे । उनले अमेरिकाको पैसा खाएकाहरुले, आश्वासनमा बिकेकाहरुले नै एमसीसी पास गर्न खोजेको आरोप लगाए ।वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल ९आहुती० ले संसदवादी दलमा पनि देशभक्त नेताहरु भएकोले सहजै एमसीसी पास हुन नसकेको बताए । उनले केही पार्टीहरु फुटबाट आएकोले आगामी चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिलेजति हौसिन छोडेको बताए ।संयोजक दुलालले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको बताए ।
प्रतिक्रिया