काठमाडौँ, ६ पुस । मंगलबार सेयर बजारका सबै उपसमूहमा हरियाली छाएको छ । तरलता संकटको समाधानका लागि आयातमा कडाइ र स्थानीय तहको ८० प्रतिशत रकम बैंकमा निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था भएसँगै त्यसको प्रभाव मंगलबारको सेयर बजारमा परेको हो । नेप्से परिसूचक ५६. ७३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २४१५ अंकमा पुगेको छ । कारोबार रकम भने अझै बढ्न सकेको छैन । दिनभर २ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।सबै उपसमूहहरु बढेका छन् । बैंकिङ ३२, ब्यापार ६९, होटल तथा पर्यटन ५४, विकास बैंक १३७, जलविद्युत ९४, फाइनान्स ३७, निर्जीवन बीमा २०४, उत्पादन १७०, अन्य ७०, माइक्रोफाइनान्स ९० र जीवन बीमा २०६ अंकले बढे ।कुल १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटाको घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । ग्रीन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । त्यस्तै जानाकी फाइनान्सको मूल्य ९.८१ प्रतिशतले बढ्यो । रसुवागढी हाइड्रोपावरको मूल्य ९।२ प्रतिशतले बढेको छ । गोर्खा फाइनान्सको मूल्य भने सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया