तेगुसिगला, ६ पुस । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएका छन् । त्यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएको जनाएकाे हो । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो ।
त्यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ ।
उनले निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त भएको थियो । उनी होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन्। उनी होन्डेरसको पहिलो महिला राष्ट्रपति पनि बनेका छन् । (एजेन्सी)
प्रतिक्रिया