सन् २०२२ कोभिड-१९ अन्त्य वर्ष हुनुपर्छः विश्व स्वास्थ्य संगठन

जेनेभा, ६ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ “२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।”

वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, “हामी सबै सामान्य परिवेशमा फर्कन चाहन्छौं,” डब्ल्यूएचओले भन्यो, “हामीले अब आफूलाई जोगाउन आवश्यक छ। अहिले भिडभाड गरेर रमाइलो मनाएर पछि शोक गर्नुभन्दा अहिले नै कार्यक्रम रद्द गरेर ढिलो मनाउनु राम्रो हो।” ओमिक्रोन भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेदेखि, यो दर्जनौं देशहरूमा फेला परेको छ र नयाँ संस्करण डेल्टा भेरियन्ट भन्दा बढी गम्भीर छैन तर सम्भवतः बढी संक्रामक र प्रतिरोधात्मक भने अवश्य छ।

खोपको पहुँचमा असमानताको बारेमा, डब्ल्यूएचओले टिप्पणी गरेको छ, “यदि हामीले आगामी वर्षमा महामारीको अन्त्य गर्ने हो भने हामीले अहिले नै असमानता अन्त्य गर्नुपर्छ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति