संसदमा रोकिएन एमाले सांसदको नाराबाजी

काठमाडौँ, ६ पुस । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको दोस्रो बैठकमा अहिले नाराबाजी गरिरहेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति