भोलिलाई प्रधानन्यायाधीशले बोलाए न्याय सेवा बैठक

काठमाडौ, ६ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार भोलिलाई प्रधानन्यायाधीशले बैठक डाकेका हुन्। उक्त बैठकको एजेण्डा जिल्ला न्यायाधीशहरूको रिजल्ट निकाल्नु भएको पनि उनले जानकारी दिए। जिल्ला न्यायाधीशको १८ पदका लागि दसैंअघि आयोगले परीक्षा लिएको थियो। असोज १२ देखि १७ गतेसम्म न्यायाधीशको लागि उक्त परीक्षा भएको थियो। परीक्षाको रिजल्ट निकाल्नुपर्ने दबाबमा आयोग छ।प्रधानन्यायाधीश अध्यक्ष हुने न्याय सेवा आयोगमा कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधीवक्ता, लोक सेवा आयोगका अध्यक्ष सदस्य रहन्छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति