नेता नेपालले भने- एमसीसी आर्थिक सहयोगको विषय मात्र बनोस्

काठमाडौं, ५ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) बारे साझा धारणा बनाउन प्रयास भइरहेको बताएका छन् ।

समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले सैन्य गठबन्धनमा समोवश गर्ने कुरा स्वीकार गर्न नसकिने बताए ।

‘एमसीसीसँग जोडिएकाहरुले गठबन्धनको अंग होइन भनेर प्रष्ट पार्न कोसिस गरेका छन्’ उनले भने, यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरुसँग असर पर्ने नहोस् ।’एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको भन्दै उनले देश हितको रक्षा गरेर अगाडि बढ्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति