काठमाडौँ, ५ पुस । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परस्त गर्नका लागि चुनावसम्म गठबन्धन निरन्तर रुपमा लैजानु पर्ने बताएका छन् ।समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले अहिलेको गठबन्धनलाई भत्काउने खोजिएको भन्दै त्यसैले सचेत रहेन आग्रह गरेका थिए ।प्रतिगमन पूर्ण रुपले कहिल्यै परास्त हुँदैन त्यसैले त्यसका लागि निरन्तर रुपमा खबरदारी आवश्यक छ ।
प्रतिमगनकारी शक्तिको टाउकोमा नटेक्नुजेल अहिलेको गठबन्धन कायम राख्नुपर्छ । यसलाई आगामी चुनावसम्म कायम गर्नुपर्छ, भट्टराईले भने, विभिन्न बहानामा अहिलेको गठबन्धन टुटाउन खोजिँदैछ । त्यसतर्फ सजक रहन पर्छ । कम्तीमा महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमति हुनुपर्छ ।उनले संघीय लोकतान्त्रिक अँध्यारो सुरुङमा प्रवेश गर्नेतर्फ सचेत हुनपर्ने बताए । भारत, चीन र अमेरिकासहित जुन तरिकाको तनाव चलिरहेको छ त्यो भूमरीमा देश फस्ने थियो । महत्वाकांक्षी र गैरजिम्मेवार पात्र हुन्, भट्टराईले भने, उनी निमित्त नायक रुपमा आएका थिए ।
प्रतिक्रिया