काठमाडौँ, ५ पुस । बलिउड सुपरहिट अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’को मुम्बई प्रि–रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका हुन् ।सलमानका अनुसार सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्र प्रसादले लेख्नेछन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए ।
‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन् । निर्देशक एसएसलाई उनको फिल्म प्रदर्शनमा साथ दिन सलमान पुग्दा त्यहाँ जुनियर एटीआर, राम चरण, आलिया भट्ट र निर्माता करण जोहारको पनि उपस्थिति थियो ।
कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’ आफ्नो करियरको उत्कृष्ट फिल्म भएको भन्दै लेखक के भीलाई धन्यवाद दिएका थिए । फिल्म ‘बजरंगी भाइजान’ले एक हनुमान भक्त भारतीय युवकको कथा देखाउछ । जसको भेट एउटा सानो गल्तीले पाकिस्तानबाट भारत आइपुगेकी एक बालिकासँग हुन्छ । फिल्ममा हर्षाली मल्होत्रा, करीना कपूर खान र नवाजुद्धिन सिद्धिकीले अभिनय गरेका छन् ।
प्रतिक्रिया