दार ए सलाम, ५ पुस । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजिटिभ भएकाे बताइएको छ ।
त्यहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार ती खेलाडीहरु अहिले खेलका लागि बुरुन्डी पुगेका थिए । उनीहरु बुरुन्डीमै कोरोना पोजेटिभ भएका जनाइएको छ । विश्वकपका लागि क्वालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पाेजिटिभ भएकाे जनाइएको छ । बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरहेका थिए । त्यसैक्रममा पीसीआर परीक्षण गरिएको र त्यसमा उनीहरु पोजेटिभ देखिएपछि खेल्न नपाएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया