“मतिना पारु” नेवार समुदायमा प्रेमकाे दिन

नेपालमा पश्चिमेली भ्यालेन्टाइन डे काे चर्चा धेरै हुँदै गर्दा नेवारी समुदायमा पनि यस्तै एउटा दिन छ भन्दा कतिलाइ अनाैठाे लाग्न सक्छ । मतिना पारु नेपालमा बसोवास गर्ने नेवार समुदायको एक लोकप्रिय दिन हो । यो दिन यःमरि पुन्हिको भोली पल्ट पर्दछ । पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट मतिना पारु, मतिना भनेको माया र पारु भन्नाले प्रतिपदा भन्ने बुझिन्छ।

योमरी पुन्ही सँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू मध्ये लोकप्रिय रूपमा खानाको परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध सँगसँगै यसको अर्को पक्ष भनेको प्रेम पनि हो । परम्परागत समाज अहिले जस्तो माया प्रेमकाे विषयमा खुल्ला वातावरण थिएन । यसरी बन्धनले बाँधिएको समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु (माग्ने)’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमी सँग सुटुक्क कुरा गर्ने चलन थियो ।

यसै क्रममा यःमरि पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलीपल्ट भेट्ने गर्दछन् । त्यो दिनलाइ नै ‘मतिना पारु’ भनिन्छ । अहिले जस्तो फोन मोबाइल नभएको बेलामा यःमरि फ्वनेगु क्रममा सुटुक्क भेटी, कागजमा लेखेर सुटुक्क आदन प्रदान गरी कता कहिले भेट्न आउने कुरा साट्छन् । त्यसै अनुसार मतिना पारुका दिन भेटघाट हुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board